
पथरीशनिश्चरे, ७ पुस । यहाँस्थित सपोर्ट पुनःस्थापना केन्द्रले नगरका विद्यालयहरुमा लागू औषध विरुद्धको कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्बर ७ मा रहेको सो संस्थाले आज बुधबार वडा नम्बर १ स्थित अन्नपूर्ण माविमा उक्त कार्यक्रम संचालन गरेको हो ।
उक्त अवसरमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले देशका कर्णधार युवाहरुलाई कुलतमा फस्न नदिई सभ्य, इमान्दार, गतिशिल र शान्त समाज निर्माणमा युवाहरुकै भूमिका रहने बताइन् ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले युवाहरुलाई कुलतबाट उकास्न पुनःस्थापना केन्द्र, नगरपालिका, प्रहरी प्रशासन र स्थानीय समाजको सहकार्य आवश्यक पर्ने समेत चर्चा गरेका ।