
दमक,५ पुस । नेपाली कांग्रेस कमल गाउँ उपसभापति तथा सहकारीकर्मी पदम बहादुर निरौलालाई पितृ शोक परेको छ ।कमल -५ गुहेश्वरी टोल निवासी निरौलाका ७२ बर्षिय पिता कृष्ण बहादुर निरौलाको सोमबार अपरान्ह सवा ४ बजे उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा असमायिक निधन भएको हो । उपसभापति निरौला स्थानीय आभाष बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष समेत हुन् भने पाडाजुँगीस्थित बजरङ्ग टेडर्सका सञ्चालक पनि हुन् ।
स्वर्गीय निरौलाको भोलि मंगलबार बिहान १० बजे कन्काई नदीमा दाहसंस्कारका लागि लगिने पारिवारिक स्रोतले जनाएको छ ।
उपप्राध्यापक थापालाई पनि पितृ शोक
त्यसैगरी कांग्रेस दमक -८ का क्षेत्रीय प्रतिनिधि एवं दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक रत्न बहादुर थापालाई पनि पितृ शोक परेको छ ।
थापाका ८१ बर्षिय देवी वहादुर थापाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचा रका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।