छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा


झापा ,५ पुस । मेचीनगर–६, काँकरभिट्टामा प्रधान कार्यालय रहेको छड्के अनुसन्धान साप्ताहिक दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल पुसको पहिलो सोमबारबाट शुभारम्भ भएको हो । जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको पत्रिका एक वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ । जनताको आवाजलाई पाठकमाझ पुर्याउने अभियान निरन्तर अघि बढाउन पत्रिकाका प्रकाशक बालकृष्ण थापाले जनाएका छन ।
उनले छड्के अनुसन्धान साप्ताहिक यहाँसम्म ल्याउन सबै पक्षको उत्तिकै मेहनत र लगानीलाई कहिल्यै नभुल्ने बताए । सम्पादन समूहमा बसेर काम गरेका सम्पादन समूह तथा पत्रिकालाई आर्थिक पाटोमा सहयोग गर्ने सञ्चालक समितिकै कारण आज पत्रिकाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको सम्पादक खगेन्द्र घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published.