
दमक ,५ पुस । किराँत धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय महासचिव तथा दमक -६ स्थित फाल्गुनन्द शाकोसका अध्यक्ष संकल्प लिङ्देन (पदम ) लाई पितृशोक परेको छ । दमक १ निवासी उनका ८९ बर्षिय पिता तेजबहादुर लिङ्देनको गएराती ८.४५ बजे आफनै निवासमा असमायिक निधन भएको हो ।
किरात धर्मका अनुनायी स्व.लिङ्गदेन केहि समय यता अस्वस्थ्य भएका थिए । यसैवीच स्व. लिङ्गदेनको पार्थिव शरीरलाई आज सोमबार विहान १० वजे दमक २ बेलडाँगीस्थित समाधिस्थलमा किरात धर्म संस्कार अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । यस अनलाइनका शुभचिन्तक संकल्प लिङ्देन (पदम ) लाई पर्न गएको पितृशोक प्रति गहिरो समवेदना प्रकट गर्दछ ।