ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

ताप्लेजुङ, २८ मंसिर ।ताप्लेजुङ मिक्वाखोला गाँउपालिका ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका ६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् ।
आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.