मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

कन्याम,२८ मंसिर । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परि घाईते हुनेहरुमा माइजोगमाई वडा नम्बर ४ का ३५ बर्षीय पदम तिम्सिना, वडा नम्बर ३ का ३० बर्षीया निर्मला तिम्सिना, ४ बर्षीया प्रकृति तिम्सिन, ६२ बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीया यसोदा घिमिरे, ८ बर्षीय हर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका छन् ।
पाथीभरा मन्दिरको दर्शन गरेर कुटिडाँडाबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्वरको भेन हर्कटे डाँडामा अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल झर्दा ९ जना घाइते भएका थिए ।दुर्घटनामा परेर घाईते भएका अन्य सात जनाको झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.