
बिर्तामोड,२७ मंसिर । दमक -६ स्थित लिङदेन मार्गमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रको ब्यबस्थापन उपसमिति पूनर्गठन भएको छ ।
संस्थाको अध्यक्ष पदम लिङ्देन (संकल्प) को अध्यक्षतामा सोमबार सप्पन्न भएको कार्यक्रममा सहसंयोजक तथा सेवाकेन्द्र निवर्तमान संयोजकमा बिमला फुयाल ,सचिबमा सुबास भण्डारी सदस्य तथा कर्जा संयोजक प्रेम लिङ्देन, सदस्य तथा मूल्यांकन संयोजक हस्तहाङ केरुङ रहेका छन् । यस्तै सेवा केन्द्रको सदस्य तथा महिला बालबालिका संयोजक दिलु शेर्पा, सदस्य तथा बिमा संयोजक रबिन शिवाकोटी, सदस्य तथा स्वास्थ्य संयोजक अनिता राइ, सदस्य तथा सदस्य पहिचान चुडामणि अधिकारी, सदस्यमा बिमला केरुङ, सदस्य नरेन्द्र पौडेल र सदस्य हेमराज लिङ्देन संगै सल्लाहकार शिब खनाल चयन भएका छन् ।
सो कार्यक्रममा उपाध्यक्षद्धय दिलिप जबेगु, फुलकुमारी आङ्देम्बे , कोषाध्यक्ष संगीता सेरेङ इक्सा, वरिष्ठ सदस्य गुमानसिङ सम्बाहाम्फे, सदस्य सुबास आचार्य र सेवाकेन्द्रका ब्यबस्थापक बिनम वनेम लगायत संगीता निरौला ,ललिता राजवंशी ,जमुना राजबंशी, सर्मिला राजबंशी ,रेनुका कन्दवाको उपस्थिति रहेको थियो ।