सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ,२४ मंसिर । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर मोरङमा दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका जिल्लाको बुढीगंगा गाँउपालिका र विराटनगर महानगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुढीगंगा गाउँपालिका–२ टंकीमा प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा त्यसमा सवार उर्लाबारी नगरपालिका–४ आइतबारेका २६ वर्षीय सुरज खनालको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै, विराटनगर महानगरपालिका–११ रामपुर चोकमा पनि बिहीबार बेलुकी ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

को २ त ७१३९ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री स्थानीय ३४ वर्षीय मुन्ना कुमार सहनीको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.