एनी फाक्तेप गोल्डकपको उपाधि धरानलाई

शिवसताक्षी,१८ मंसिर । झापाको शिवसताक्षी ७ स्थित बालसेवा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित प्रथम एनी फाक्तेप गोल्डकपको उपाधि धरान सिटी फुटबल क्लबले हात पारेको छ ।
आज भएको फाइनल खेलमा धरान सिटी फूटवल क्लब सुनसरीले तुर्केनी फुटबल क्लब काँकड्भिट्टालाई ६ –७ गोल अन्तरले सडनडेथमा उपाधि हात पारेको होे ।
काँकड्भिट्टाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी योमीले दिएको पासलाई मिलन राईले गोलमा परिणत गरेका थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा धरानका डिफेन्डर जिसोन लिम्बुले काँकड्भिट्टाका योमीलाई डिवक्समा फउल गरेपछि पाएको पेनाल्टीमा पुनः क्याप्टेन मिलन राईले नै गोल थप्न सफल भएका थिए ।
यसैगरी धरानका तर्फबाट खेलको २४ औं मिनेटमा विवेक राईले डिबक्स बाहिरबाट गरेको सुन्दर प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै अर्को गोल धरानकै विनोद राईले २५ औं मिनेटमा गोल गरे । निर्धारित ८० औं मिनेटमा दुवैतर्फबाट आक्रमक खेल खेलेको भएपनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा दुवै टिमले ५–५ गोल गरेको अवस्थामा खेलको नतिजा निस्कन नसकेपछि खेल सडनडेथतर्फ धकेलिएको थियो । सडनडेथमा काँकड्भिटाका सुवास लिम्बु गोल गर्नबाट चुकेपछि काँकडभिट्टाले हार व्यहोर्दै दोस्रो हुन बाँध्य भएको थियो ।
जितसंगै विजेता टिमले रु १ लाख १ हजार प्राप्त ग¥यो भने उपविजेताले रु ५१ हजार मेडल र ट्रफी प्राप्त ग¥यो । खेलको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नम्बर १४ का वर्तमान राई घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरानका आशिष कार्की भए, बेष्ट डिफेन्स काँकडभिट्टाका विशाल दर्जी, बेष्ट मिडफिल्डर धरानका विवेक राई र बेष्ट स्ट्राइकर काकड्भिट्टाका इन्द्रहाङ्ग लिम्बु घोषित भएका थिए ।
यस्तैगरी राइजिङ खेलाडीका रुपमा आयोजक टिमका हेमन लिम्बु , प्लेयर अफ दि टुर्नामेन्ट धरानका खेलाडी बिष्णु सुनुवार र खेलभरि ४ गोेलकर्ता काकडभिट्टाकै खेलाडी मिलन राई सर्वाधिक गोलकर्ता घोषित खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए ।

विजेता ,उपविजेता खेलाडीहरुलाई १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.