
बिर्तामोड , १६ मंसीर । ट्रकको ठक्करबाट झापाको बिर्तामोड –भद्रपुर सडकअन्तर्गत धौला पुल सडक खण्डमा आज दिउँसो एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन् ।
आज दिउँसो ३ बजे गरामनीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नं को ट्रकले विपरित दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नं को मोटसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक बिर्तामोड ९ बस्ने ४३ वर्षिय सम्पत राजवंशीको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार बिर्तामोड ९ बस्ने ३१ वर्षिया शान्ता कार्की सख्त घाइते भएकी छन् । उनको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक र ट्रक चालक भद्रपुर १० बस्ने ३६ वर्षिय गंगा तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।