पथरीशनिश्चरेमा एडभान्स सिलाई कटाई तालिम सुरु

पथरीशनिश्चरे, १६ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्न महिलाहरुका लागि सिलाई कटाई एडभान्स तालिम सुरु भएको छ ।
एक महिनासम्म संचालन हुने उक्त तालिम वडा नं ४,८ र ९ मा यस वर्ष संचालन गरिने भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले यो तालिम लिएपछि आर्थिक रूपमा विपन्नहरु परिवारका महिलाहरु व्यवसायिक वन्नु पर्नेमा जोेड दिँदै सफल व्यवसायी वन्न इच्छुकका लागि नगरले सधैं सहयोग पुर्याउने वताईन्।
कार्यक्रममा नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले कार्यक्रमका बारेमा प्रस्ट्याउदै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे ।
अघिल्लो वर्ष आधारभूत र एड्भान्स तालिम तथा कपडा सिलाउने मेसिन समेत प्राप्त गरेका वडा नम्बर १, २ र ३ का ३१ जनाका लागि व्यवसायी वन्न थप टेवा पुर्याउन स्तरोन्नतिका लागि एडभान्स तालिम दिइएको जानकारी गराइयो । तालिममा सहभागीले यस अघिको तालिमले आफुहरुलाई उर्जा मिलेकोले अव संयुक्त तबरले गार्मेन्ट उद्योग नै खोल्ने इच्छा व्यक्त गरेका छन् । कार्यक्रम कार्यपालिका सदस्य अरुणा राईको अध्यक्षतामा सम्पन्न भएको थियो । सीता अधिकारी रायामाझीले तालिममा सहजिकरण गर्ने छन्।
महिलाहरुका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि तालिम अघि बढाइएको हो । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको र यो वर्ष वडा नम्बर ४, ८ र ९ मा समेत कार्यक्रम थप भएको छ ।

Leave a Reply

Your email address will not be published.