चुलाचुलीमा एक दिवसीय चित्रकला कार्यशाला


चुलाचुली,२३ कार्तिक ।
ईलामको चुलाचुली गाउँपालिका ३ स्थित सृजना टोलमा नयाँ पुस्ताका कलाकारहरुका लागि एकदिने लाइभ चित्रकला कार्यशाला सम्पन्न भएको छ ।
कलाकार किरण सिगु लिम्बू सहजकर्ता रहेको उक्त कार्यशालामा विभिन्न क्षेत्रमा आवद्ध ९ जना कलाकारहरुको सहभागिता रहेको थियो ।
आफ्नो जन्मथलो चुलाचुली गाउँपालिका भएका व्यवसायिक चित्रकार किरणले हाल आफ्नो कर्मथलो भने काठमाण्डौंलाई बनाउँदै आएका छन् । तिहारमा भाई टीका ग्रहण गर्न आफ्नो गाउँ फर्की आएका कलाकार किरण सिगुले आफ्नो खाँली समयलाई एक दिवसीय चित्रकला कार्यशाला आयोजना गरेका हुन् ।
गाउँमै दुर्लभ हुँदै गएका नेपालीपन झल्काउने मौलिक प्राचीन घरहरुको खोजी समेत गरेका चित्रकार किरणले चुलाचुलीका धेरै वडाहरुमा फन्को मारेका थिए तर उनले चाहे खोजे जस्तो लोकेशन कहीं भेट्न नसकेको सुनाए ।
कार्यशालामा उनले तीस बर्ष अघि बनाएको छिमेकीको पुरानो घर यहि कातिक २४ गते भत्काएर नयाँ घर बनाउने बताए ।
किरणले नयाँ पुस्ताका कलाकारहरुलाई प्रत्यक्ष रुपमा भत्कीन एक दिन बाँकी रहेका घरलाई मुख्य विषय बनाएर पानी चित्र बनाउन सल्लाह सुझाव दिएका थिए ।
चुलाचुली मिडियाको सहकार्यमा आयोजित उक्त कार्यशालामा किरणले घाममा छाता ओडाएर पानी रंगले पुरानो घरको इतिहास पोत्न सफल भएको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published.