नेकपा एमाले बिर्तामोडमा सुवास भट्टराई निर्वाचित

अध्यक्ष : भट्टराई

बिर्तामोड,१७ कार्तिक । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराईले आफना प्रतिष्पर्धी पुराना नेता उमानाथ ओलीलाई हराउदै अध्यक्ष चुनिएका हुन् ।
आज राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।
नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गरेका छन् । उपसचिव पद्मा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो । उपसचिवका उम्मेद्वारहरु डिल्ली सुब्बा १६९, प्रकास लिङ्देन १७९, प्रदिप खरेल ८२, कान्ती बहादुर कार्की ३४, मदन बुढाथोकी १७०, केशव कुमार ६१, पारस संगौला ८३ र तारा प्रसाद चापागाईले ३६ मत पाएका छन् ।

यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । बुधबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा घोषणासभा एवम् शपथग्रहण कार्यक्रम गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिए ।
९ गते भएको उद्घाटनपछि विर्तामोडमा सर्वसम्मतका लागि प्रयास गरिएको थियो । १४ जना अध्यक्षका आकांक्षीमध्ये १२ जनाले उम्मेदवारी नदिने भएपछि सहमतिका लागि बाटो खुलेको थियो । सहमतिका लागि पटक पटक प्रयास गरिएपनि त्यसले सार्थकता नपाएपछि निर्वाचनमा जानु परेको थियो ।

Leave a Reply

Your email address will not be published.