दमकमा आजबाट अन्तर प्रदेश चेस प्रतियोगिता शुरु

दमक, २२ असोज । झापाको दमकमा आजबाट अन्तर प्रदेश स्तरीय चेस प्रतियोगिता शुरु भएको छ । दमक नगर खेलकुद विकाश समितिको आयोजनामा दमक स्थित सरास्वत माध्यामिक बिद्यालयको सभाहलमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिता काठमाण्डौ, हेटौडा, रौतहट, सप्तरी, इलाम, भोजपुर सुनसरी, मोरङ र झापाका गरि ६० जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा स्वजलिग अन्र्तगत ७ चरणमा खेल हुने जनाइएको छ ।

जारी प्रतियोगितामा महिला र खुल्ला तर्फबाट गरि कुल २३ जना खेलाडी पुरस्कृत हुने बताइएको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता खेलाडीले जनही नगद रु २१ हजार, १७ हजार र १५ हजार गरि कुल १ लाख ८० हजार रुपैया बराबरको पुरस्कार प्राप्तगर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता २२ गतेदेखि यहि असोज २५ गतेसम्म सञ्चालन गरिने चिफ आरविटर तथा पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिए । प्रतियोगितामा सहभागि खेलाडीहरु मध्येबाट प्राप्त गर्ने उत्कृष्ट अंकको आधारमा २३ जना खेलाडीलाई पुरस्कृत गरिने निरौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.