
दमक,१९ असोज । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले विगतका बर्षमा आयोजना गरिआएको खेलकुद प्रतियोगिता अन्तर्गत यसवर्ष माइपश्चिम क्षेत्रका सञ्चार संस्थाहरुमा कार्यरत पत्रकारहरुवीच पाँचौ मैत्रीपूर्ण मिडिया कप डबल व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
वडादशै,तिहार,छैठ पर्वको अवसर पारेर यहि असोज २४ गते हुने एक दिवसीय उक्त प्रतियोगिताको तयारी तीव्र रुपमा भईरहेको खेल संयोजक बिष्णु पौडेलले बताए ।
प्रतियोगिता दमक ६ स्थित नयाँ सव्जीवजारस्थित कभर्ड हलमा हुने छ । प्रतियोगिता सम्पन्न गर्न दमक व्याडमिन्टन क्लवको प्राविधिक सहयोगमा रहने यूनियनका क्षेत्रीय अध्यक्ष बिष्णु सुब्बाले बताएका छन् ।
प्रतियोगितामा जिल्लाभरिका ३० वटा सञ्चारगृहले भाग लिने जनाईएको । प्रतियोगितामा विजेता हुनेले रु नगद १० हजार, उपविजेतालाई रु ५ हजार ,प्रमाणपत्र प्राप्त गर्ने छन् ।