नारायण गोपालको स्मृतिमा वरिष्ठ लोक गायक जोशी सम्मानित

सम्मान पछि सामूहिक तस्वीर खिचाउदै जोशी

दमक ,१८ असोज । स्वर सम्राट नारायण गोपालको ३०औं स्मृति दिवसको अवसर पारेर आज दमकमा वरिष्ठ लोक गायक एलपी जोशीलाई सम्मान गरिएको छ ।
नेपाली लोक गीतसंगीतको क्षेत्रमा विशेष योगदान पुरयाँए वापत जोशीलाई ताम्रपत्रसहित रु २५ हजार नगद राशीले सम्मान गरिएको हो । छ दशक बढीसमय देखि गीतसंगीत क्षेत्रमा साधानरत बयोवृद्ध सम्मानीत जोशी दमक १ का स्थायी बासिन्दा हुन् ।
स्वर सम्राट नारायण गोपाल संगीत कोषका महासचिव एवं काठमाण्डौ महानगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष दिपक केसीको अध्यक्षतामा तथा भारत, दार्जीलिङका वरिष्ठ स्रष्टा जीवन अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नारायण गोपाल संगीत कोषका सदस्य तथा संगीतकार राजकुमार श्रेष्ठले वरिष्ठ लोक गायक जोशीलाई यस वर्षको स्मृति दिवसमा सम्मान गरिएको बताए ।
त्यस क्रममा सम्मानित जोशीले वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो भनेर, रिटिङ रिटिङ नबजाउ विनायो जस्ता दर्जनौ चर्चित लोक गीतहरु प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारी, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, साहित्यकार सुमित्रा बाङदेल चेली लगायतको उपस्थिति थियो ।
नारायण गोपालको स्मृति दिवस यसअघि काठमाण्डौंको महाराजगञ्जस्थित स्वर सम्राट नारायण गोपालको निवासमा हुदैआएपनि यसपटक भने सम्मानीत जोशीको गृहनगरमा आएर कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.