महासंघ अध्यक्ष गिरीद्वारा २५,५२५ प्रदान गर्ने घोषणा

बिर्तामोड, १८ असोज। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । स्वस्थ भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने बताइएको उनले बताएका छन्।

दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ र आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई आफनो कार्यकाल भरि एक करोड रुपैयाँ पुरयाँउने अध्यक्ष गिरीले बताए ।
महासंघ झापा शाखाले विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published.