
कमल, १८ असोज । झापा, कमल ५ गुहेश्वरी स्थित खेल मैदानमा आजदेखि स्व.सौरभ स्मृति फूटवल प्रतियोगिता शुरु हुदै छ । आज दिनको ३ वजे हुने उद्घाटन खेल श्रीजंगा स्पोर्टिंग क्लव र आयोजक बीच हुने प्रतियोगिताका संयोजक गचन सुब्बाले बताए ।
कमल ६ जिम्दार चौक निवासी स्व. सौरभ ताजपुरियाको स्मृतिमा आजदेखि नकआउट फूटवल प्रतियोगिता हुदै छ । प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने जनाइएको छ ।
संयोजक सुब्बाका अनुसार प्रतियोगितामा झापा,मोरङ र इलामका विभिन्न आठ वटा टिम सहभागि रहने जनाइएको छ ।जसअन्तर्गत असोज १९ मा भेटरान जेआर र धरमपुरको पीएससी ,२० गते बेलडाँगीको वीवाइसी र केर्खा स्टार,२१ गते एपएफसी फाक्तेप र नवदिप युवा क्लव वीच पहिलो चरणको खेल र २२ र २३ गते देखि दोश्रो चरणको सेमिफाइनलका दुई खेल हुने जनाईएको छ ।
प्रतियोगितामा विजेतालाई नगद रु ५५ हजार र उपविजेतालाई नगद रु २५ हजार ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने संयोजक सुब्बाले बताएका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ठ हुने गोलकिपर,उत्कृष्ठ खेलाडी लगायतलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार रुपैया खर्च हुने अनुमान छ । तीन वर्ष अघि सडक दुर्घटनाबाट ज्यान गुमाएका सौरभको सम्झनामा उनका साथीभाईहरुले पहिलोपटक फूटवल प्रतियोगिता गर्न लागेका हुन् ।