
दमक ,१५ असोज । नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका चलचित्रकर्मी बिचारी राई चाम्लिङको निधन भएको छ । नेपाल पत्रकार महासंघ मलेसियाका सस्थापक अध्यक्ष समेत रहेका राई लामो समयदेखि मृगौला पीडित थिए ।उनको उपचारका क्रममा दुई दिन काठमाण्डौमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दमक ७ का बासिन्दा उनी केही बर्षदेखि भने नुवाकोटको ककनीमा श्रीमती कवितासगै बस्दै आएका थिए ।
नेपाल मलेसिया मैत्री संघका सभापति समेत रहेका राईको पार्थिव शरीर पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।