
झापा , १४ असोज । जंगलमा निगुरो टिप्न जादाँ हातीको आक्रमणमा परेर बिर्तामोडकी एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ : ५० बजे भद्रपुर १० देउनियामा बिर्तामोड -८ नेपाल चोक बस्ने सुकलाल मर्डी र उनकी ५० वर्षिया श्रीमती लतुमाई मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ । निगुरो टिपिरहेको अवस्थामा आएको जंगली हातीले लतुमार्ईलाई सुँडले च्यापी चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो । दिउँसो ४ बजे सेती खोलाको पैनीमा मृत अबस्थामा उनी फेला परेकी थिईन् ।
लतुमार्ईका श्रीमानले अस्थायी प्रहरी चौकी गरामनीमा जानकारी गराउनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको टोली, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षकको ७ जनाको टोली , नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली , बन कर्मचारी र स्थानीय समेतले जंगलमा खोजी गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।