सुनसरी, ११ असोज । दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो करिव साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । सो घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।