आधा कार्यकालमा सहमति, पहिलो सभापतिमा न्यौपाने

हामी मिल्यौः न्यौपाने र भण्डारी ( टोपी लगाएका )

कमल,१० असोज । नेपाली काङ्ग्रेस कमल गाउँपालिकाको सभापतिमा वुद्धिराज न्यौपाने निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम अनुसार आज भएको मतदानमा सभापतिका प्रत्यासी न्यौपाने आधा कार्यकाल नेतृत्व गर्ने गरि सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का प्रत्यासी खगेन भण्डारीसंग बराबरी ६५ मत प्राप्त गरेका न्यौपानेले पहिलो कार्यकालको नेतृत्व गर्ने गरि सभापति चुनिए भने अर्का प्रत्यासी भण्डारीले बाकी दुई बर्षे कार्यकालको नेतृत्व गर्ने गरि सहमति गरिएको हो ।
क्याम्पास्थित पार्टी कार्यालयमा भएको मतदानमा १३७ मत खसेको थियो । त्यसको ६५-६५ मत दुवै प्रत्यासीले ल्याएका थिए ।त्यसमध्ये ७ मत बदर भएको थियो । पार्टीमा दुवैको समान हैसियत कायम राख्न तथा गोलाप्रथा हारजीतबाट पार्टी जोगाउन आधा आधा कार्यकाल रहने गरि नेतृत्व छनौट गर्न स्थानीय नेतृत्ववीच सहमति गरि त्यस्तो घोषणा गरिएको मतदान अधिकृत कुमार खतिवडाले बताए ।नेतृत्व आधा आधा लिने लिखीत सहमति समेत गरिएको छ ।
यसैगरि दुई उपसभापतिमा पदम बहादुर निरौला (८६ ) र केदार कटुवाल ( ७१ ) विजयी भए भने सचिवमा देवीप्रसाद दाहाल ( ८८ )महेन्द्र बुढाथोकी ( ८३ ) र सहसचिवमा सबिता दाहाल कटुवाल ( ७० ) र दुर्गाप्रसाद पोख्रेलले ( ६९ ) मत ल्याई विजयी भए ।

दमक सभापतिमा प्रसाई
नेपाली कांग्रेसको दमक नगर सभापतिमा प्रकाश प्रसाई निर्वाचित भएका छन् । उनले १ सय ७६ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका छन् । उनी यसअघि पार्टीको नगर सचिव रहेका थिए । उनीसंगै सभापतिका प्रत्यासीमा पर्शुराम रिजालले ९९ र रोशन बिष्टले ४५ मत प्राप्त गरेको जनाईएको छ ।
उपसभापतिमा रिजाल प्यानलका प्रेम भट्टराई १ सय ३६ र प्रसाई प्यानलका सागर खनाल १ सय ३२ मत प्राप्त गरि विजयी भएका छन् । यस्तै, सचिवमा रिजाल प्यानलका रामचन्द्र अधिकारीले (आरसी) १ सय ४५ , बिष्ट प्यानलका दिपेश दाहालले १ सय ३४ मत प्राप्त गरेर विजयी भएका छन् ।
यसैगरी सहसचिवमा प्रसाई प्यानलका मनीकुमार लिम्बु (११७ )र रिजाल प्यानलकी रमुना चापागाईंले ११५ मत प्राप्त गरि विजयी भएको जनाईएको छ ।
गौरादह सभापतिमा पुनः सेढाई बिजयी
गौरादह काङ्ग्रेसको सभापतिमा पुनः यादब राज सेढाई निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित सेढाइले कुल २४६ मत मध्ये १ सय २२ मत प्राप्त गरेका थिए भने सभापतिका प्रत्यासी गोपाल प्रसाद कोइरालाले १ सय २० मत प्राप्त गर्न सफल भए ।
त्यसैगरि दुई उपसभापतिमा कुन्दन गिरीले १ सय ७१ मत र मेघराज अधिकारीले १ सय ६८ मत प्राप्त गरि बिजय बने । त्यसैगरी दुई सचिब पदका लागि माधब कोइरालाले १ सय ४१ र नेत्र खड्काले १ सय ६ मत प्राप्त गरि विजयी बने । त्यस्तै दुई पद रहेको सहसचिव पदका लागि उपेन्द्र ढुंगानाले १७७ र ओम कुमार धमलाले १ सय २० मत प्राप्त गरि बिजयी बने ।

Leave a Reply

Your email address will not be published.