राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा पुनः पालुङ्वा

धरान,३० भदौं । राष्ट्रिय जनमुक्ति पार्टीको सुनसरी धरानमा भएको छैठौ महाधिवेशनले पुनः केपी पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको छ । मंगलबार सम्पन्न महाधिवेशनको बन्दसत्रले पार्टीको संघीय अध्यक्षमा खड्ग प्रसाद (केपी) पालुङवालाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । पार्टी स्थापना भएको ३० वर्षको ईतिहासमै पहिलो पटक संघीय अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
चार दिनसम्म चलेको महाधिवेशनले पार्टीको संघीय समितिको कार्यकारी अध्यक्षमा पार्टीका निवर्तमान महासचिव केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई चयन गरिएको छ । संघीय समितिको उपाध्यक्षमा होमाया गुरुङ, बलदिप राई, भीमवहादुर राना, प्रकाश याङदेन, रविन्द्र उच्च नेपाली, हाँजी डा.मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी याले र मनीराम चौधरीलाई चयन गरिएको छ ।
यस्तै, पार्टीको महासचिवमा टोप अस्लामी, रामु परियार र पदम जवेगुलाई चयन गरिएको छ भने उप–महासचिवमा गंगा खासु र विष्णु थाम्देनलाई चयन गरिएको छ । नवनिर्वाचित संघीय समितिको सचिवमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङवुहाङ, मोजीव अली र ज्ञानवहादुर सलामी थापालाई चयन गरिएको छ । पार्टीको नवनिर्वाचित कोषाध्यक्षमा मानवहादुर राईलाई चयन गरिएको पार्टीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै संघीय समितिको सदस्यहरुमा राजकुमार मोक्तान तामाङ, मनकुमारी मगर, विमला गुरुङ, धनराज विक, मोहन प्रसाद तिमल्सीना, इन्द्र वहादुर आङदेम्वे, गोकर्ण राई लगायत गरी ३१ जनालाई सर्वसम्वत चयन गरिएको पार्टीका संघीय समितिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जानकारी दिए । पार्टीका नव–निर्वचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका आयुक्त देउवहादुर रानाले पद तथा गोपनियाताको सफत खुवाएका थिए ।
नयाँ संशोधित विधानअनुसार प्रतक्ष्य तर्फ संघीय सदस्यहरु खुला २२ जना र १२ जना महिला सहित जम्मा ५५ जना बन्दसत्रबाट निर्वाचित भएका छन् । मंगलवार विहान करिव ४ वजेसम्म चलेको बन्दसत्रबाट निर्वाचित संघीय समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना संघिय सदस्य मनोनयन गरी जम्मा ३१ जनाको संघिय समितिका पदाधिकारी र ५४ जना संघीय समितिको सदस्य गरी जम्मा ८५ सदस्यीय मुल संघीय समितिको निर्माण हुने राष्ट्रिय जनमुक्ति पार्टीका नवनिर्वाचित संघीय अध्यक्ष केपी पालुङवाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.