विष्ट प्यानलको उम्मेदवारी घोषणा


दमक,२५ भदौ
। नेपाली कांग्रेस दमकको नयाँ नेतृत्वका लागि वर्तमान सभापति रोशन विष्टको समूहले पदाधिकारीमा प्यान ल उम्मेदवार बनाएको छ ।
पार्टी भित्र प्रभावशाली नेता मानिएका नेता शेखर कोइराला,गुरुराज घिमीरे,गगन थापा, सरिता प्रसाई निकट भनिएको सो समूहले आज दमकमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेको हो ।
उम्मेदवारहरुको नामावली कांग्रेस महासमिति सदस्य दिलबहादुर बुढाथोकीले सार्वजनिक गरेका थिए । सभापतिमा विष्टसहितको सो समूहले उपसभापतिद्धयमा ज्ञानकुमारी बुढाथोकी (ज्ञानु ),जयबहादुर धिमाल,सचिवमा दिपेश दाहाल,सहसचिवद्धयमा अमित थापा र विरेन्द्रकुमार आङदेम्बेलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै महासमिति सदस्य बुढाथोकीले पार्टीलाई बलियो बनाउन विष्टको प्यानललाई विजयी गराईदिन आग्रह गरे ।
यस्तै, सभापतिका प्रत्यासी विष्टले पनि दमकमा कांग्रेसलाई मजवुत बनाउन आफनो प्यानललाई विजयी गराईदिन आग्रह गरे । उनले उम्मेदवारी घोषणासंगै पार्टीका लागि सहमति र सहकार्य भने नरोकिने प्रष्याए ।
उम्मेदवारी घोषणा कार्यक्रममा महासमिति सदस्य टिकाराज सापकोटा,संविधानसभा सदस्य विश्वदिप लिङदेन, पार्टी जिल्ला सदस्यहरु रवि केसी, गोमा बुढाथोकी,उमाकान्त आचार्य,तरुण दलका पूर्व जिल्ला सभापति भूमिराज चाम्लिङ, पार्टी वडा सभापतिहरु , क्षेत्रीय प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । घोषणा कार्यक्रमको सञ्चालन राजकुमार गौतमले गरेका थिए ।

यहि भदौ २७ गते हुन लागिरहेको निर्वाचनमा नयाँ नेतृत्वका लागि दमकका १० वटै वडाबाट निर्वाचित सभापतिसहित ३०७ प्रतिनिधिले मतदान गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.