
दमक,२५ भदौं । दमकका पूर्व प्रधानपञ्च तथा समाजसेवी धनबहादुर श्रेष्ठको निधन भएको छ । दमक १ निवासी ९३ बर्षिय श्रेष्ठको आज विहान दमकको एड्भान्स हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी केहि महिनादेखि अस्वस्थ्य थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रदेश समितिका अध्यक्ष राम थापाका अनुसार दिवंगत श्रेष्ठले विस २०२६ सालदेखि २०३८ सालसम्म तीन कार्यकाल त्तत्कालीन दमक नगर पञ्चायतका प्रधानपञ्च भएर काम गरेका थिए ।
त्यसैगरि प्रजातन्त्र स्थापना पछि राप्रपाको दुई कार्यकाल दमक नगरको अध्यक्ष तथा हाल सल्लाहकार संयोजक रहेर काम गरेका थिए ।
दिवंगत श्रेष्ठका ६ छोराहरु हरि,गोपाल,गणेश,तुलसी, पुष्कर, सुमन र चार छोरीहरु स्व.वृन्दा,मधुरा,मुना र स्व. शोभा श्रेष्ठ रहेका छन् ।
दिवंगत श्रेष्ठको पार्थिव शरीर आज दिउँसो नै कन्काई नदीमा दाहसंस्कार गरिने जनाईएको छ ।