प्रदेश सभा क्षेत्र ५ ( क ) को सभापतिमा राईको उम्मेदवारी घोषणा

गौरादह ,२५ भदौ । झापाको गौरादह निवासी युवा व्यवसायी नेता तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि जीवन राईले आसन्न १४ औं महाधिवेशनमा प्रदेश न १ अन्र्तगतको प्रदेश सभा क्षेत्र नम्बर ५ (क ) को सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।
संघीय संरचना अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र नयाँ संरचना भएको र यसको कार्यान्वयनसंगै पार्टी संगठन मजवुत बनाउन आफूले उम्मेदवारी दिने राईले जनाएका छन् । उनले भने ,–‘मेरो निर्वाचन क्षेत्रमा मेरो योगदानलाई आम नेता कार्यकर्ताहरुले बुझनु नै भएको छ भन्ने मलाई लाग्छ मेरो उम्मेदवारी कांग्रेसलाई यो क्षेत्रमा चलायमान र सशक्त बनाउनैका लागि हो ।’
गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष संगै व्यवसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील उनले पार्टीको प्रदेश (क ) को सभापतिमा काम गर्नका लागि उम्मेदवारी दिने दावी गरे । यसमा पार्टीका नेता, कार्यकर्ताहरु सबैको भावनाको प्रतिनिधित्व हुनेछ भन्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।
निर्माण व्यवसायका क्षेत्रमा प्रजिना कन्स्ट्रक्सन कम्पनी मार्फत सक्रिय राई उदार र परोपकारी कार्यमा समेत क्रियाशील छन् । त्यस्तै, उनले स्थानीय क्लबहरु मार्फत विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएका छन् । आफ्नो ब्यवसायबाट कमाएको मुनाफाको केही हिस्सा परोपकारका क्षेत्रमा लगाउने गरेका राईको विचारमा राजनीतिलाई पेशा सेवाको माध्यम बनाउन चाहेको छन् ।
यसैगरि प्रदेश ,क्षेत्र न. ५ (ख ) का सभापतिमा हालका सभापति पदम लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published.