ट्याक्टरले किचेर सहचालकको मृत्यु

पाँचथर ,२१ भदौ। पाँचथरको मिक्लाजुङ गाऊपालिका–२ लक्ष्मीचौकमा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन् । लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडिको चक्काले किचेर गम्भिर घाईते भएका उनको उपचारको लागि आधारभूत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.