मंगलमय टोल विकास संस्थाको नयाँ नेतृत्व

कमल,१९ भदौ । कमल गाउपालिका वाड नम्बर ५ को टोल नम्बर ३ अन्तर्गतको मगलमय टोल बिकास संस्थाको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय मंगलमय माविमा शनिवार सम्पन्न साधारणसभाले चन्द्रकला सुब्बाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । सर्वसम्मत समितिको उपाध्यक्षमा इन्दिरा भट्टराई , सचिवमा अरुष दास,कोषाध्यक्षमा मैना प्याकुरेल चुनिएका छन् ।

यस्तै, सदस्यहरुमा धनबिर दर्जी, निर्मला सिवा, खोमा सापकोटा , दिलकुमारी गुरुङ , तारा बस्नेत देवीप्रसाद राई र सुरेस माझी चुनिएका छन् । टोल विकास संस्थाले वडा कार्यालयको समन्वयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिआएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.