
मोरङ, ८ भदौ ।मोरङको मिक्लाजुङ्ग गाऊपालिका ७ सिसौली का १८ बर्षीय नारायण बोहोरा माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउसो साढे १ बजे आफ्नै घर छेउमा रहेको माछा पोखरीमा माछालाई चारो दिन जाँदा पोखरीमा डुबी बेपता भएका उनी दुई घण्टा पछि मृत भेटिएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी टोलीसहित स्थानीयबासी समेतको सहयोगमा खोजतलास गर्दा दिउसो सँवा ३ बजे बोहरालाई मृत अवस्थामा फेला पारिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।