माओवादीद्धारा दमकमा संगठन निर्माण कार्य तीव

दमक,२५ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले दमकमा संगठन निर्माण कार्य तीव्र बनाएका छन् । पार्टीले नगरका १० वटै वडामा संगठन निर्माण कार्य अन्तर्गत पार्टी तथा भातृ संगठन गठन कार्य तीव्र पारिएको पार्टीका सहइन्चार्ज वेदु गौतमले जानकारी दिए ।
उनका अनुसार वडा तथा टोल टोलमा पार्टी संगठन मजवुत बनाउन धमाधम वडा तथा टोल टोलमा पार्टी गतिविधि तीव्र बनाईएको छ ।
माओवादी केन्द्रले दमक १, ५ मा वडा कमिटीसहित युवाहरुको संगठन योङ कम्यूनिष्ट लीग ( वाइसीएल ) गठन गरिसकेको र अन्य वडामा समेत यसरीनै पार्टी संगठन निर्माण कार्य तीव्र बनाईएको पार्टी सचिव तीर्थराज बस्नेत (शंकर ) ले जानकारी दिए ।
उनका अनुसार दमक १ मा हालै सम्पन्न वडा भेलाले पदम सापकोटा अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । गठित कमिटीको सचिवमा याम बहादुर राई,कार्यालय सदस्यमा उपेन्द्र लिम्बू सहित सदस्यहरुमा सदानन्द पोख्रेल ,धनपति अर्याल ,प्रेम बेघा , मित्र थापा, कुल बहादुर श्रेष्ठ ,तारादेवि राई,तारा राई, सरिता राना मगर,ओम बिक,पुष्पा खापुङ्ग,लक्ष्मी सम्बाहाम्फे बर्षा,शान्ता राई, भीष्म खवास,यमुना योगी, इन्द्र कुमार थापा,कृष्ण पुरी, सुष्मा लिम्बू ,याम राई चुनिएका छन् ।
यसैगरि दमक ५ को वडा भेलाले एकराज केसीको ।अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको जनाईएको छ । गठित कमिटीको सचिवमा राजेन्द्र गौतम ,कार्यालय सदस्यमा हेमन्तदेवी गजुरेल र सदस्यहरुमा यदुनाथ ढकाल,मोहन पोख्रेल ,नेत्रजंग थापा, भिम नेम्बाङ्ग,टेकनाथ खनाल ,मान बहादुर गौतम,बिष्णु बहादुर श्रेष्ठ ,रुद्र नेपाली ,देबि मैनाली , निर्मला मैनाली ,शशीराज पौडेल,समिरा पोख्रेल ,संगिता पौडेल ,छमिला तामाङ ,राम कुमाल,बुद्वराज मेन्याङ्गबो,इन्द्र थेवे,बिमल श्रेष्ठ चुनिएका छन् । यस्तै सोहि वडामा जोन छेत्रीको अध्यक्षता ४१ सदस्यीय वाइसीएल वडा कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।

यस्तै, वडा ७ को वडा भेलाले लालसुन्दर राईको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटीमा गठन गरिएको छ । गठित कमिटीको सदस्यहरुमा सु्न्दर देवान,राम पन्धाक,सन्तोष राई, ज्ञानेन्द्र राई,जंग बहादुर खड्का,मनहाङ सुब्बा,नगेन्द्र रेग्मी, बिनोद राई,आईमान पराजुली,चन्द्र राई,देबुवा मल्लिक,शान्ता लावर,।बिना लिम्बू,मथुरा परियार,सीता मल्लिक अधिकारी,कमल राई,निर्मला लावती,लक्ष्मी मगर लगायत चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.