
एजेन्सी,
काठमाण्डौ । भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् ।
फाइनलमा उनले दुईपटकका विश्व च्याम्पियन जावुर युगेऐको सामना गर्नेछन् । युगुऐवलाई हराउन सके रविले भारतीय कुस्तीमा नयाँ किर्तिमान राख्नेछन्, उनी ओलम्पिकमा भारतलाई स्वर्ण दिलाउने पहिलो खेलाडी हुनेछन् ।
रवि र युगुऐव दुबै अहिले शान्दार फर्ममा छन् । उनीहरुबीच २०१९ को विश्व च्याम्पियनसिपमा भिडिसकेका छन् । त्यतिबेला युगुऐव रविलाई ६–४ ले हराएका थिए ।
युगुऐवले स्वर्ण जितेको उक्त च्याम्पियनसिपमा रविले कास्य जितेका थिए । रविले २०२० र २०२१ को एशियन च्याम्पियनसिपमा स्वर्ण पदक जितिसकेका छन् ।