अमेरिकामा एकैसाथ २२ वटा सवारी साधन दुर्घटनामा पर्दा, आठ जनाको मृत्य

एजेन्सी
१२ साउन ।
संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक दुर्घटना भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो। आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन्। सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन्।

मृत्यु हुनेमा बालबालिका पनि छन्। मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन्। उनीहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published.