गौरीगञ्जबाट प्रतिलिपि नागरिकता लिनेको संख्या बढी


गौरीगञ्ज,१२ साउन ।
जिल्लाको गौरीगञ्जस्थित इलाका प्रशासन कार्यालयबाट नयाँ नगरिकता लिने भन्दा प्रतिलिपि लिनेको संख्या बढी छ । आर्थिक बर्ष २०७७ -०७८ मा गौरीगंजबाट २ हजार ४ सय ५२ जनाले नयाँ नागरिकता लिए भने २ हजार ८ सय ६४ जनाले नागरिकताको प्रतिलिपी बनाएको कार्यालयले जनाएको छ ।
नयाँ नागरिकता लिनेमा महिलाको संख्या १ हजार २ सय ८९ छ भने पुरुषको संख्या १ हजार १ सय ६३ जना रहेको कार्यालयका प्रमुख कमल ढुंगेलले बताए ।
उहाँका अनुसार गएको वर्षमा ६६ जनाले बैबाहिक अंगिकृत नागरिकता ,१८ जनाले नाबालाक परिचय पत्र लिएका छन् । राष्ट्रिय परिचय पत्र बनाउने क्रममा नागरिकता सक्कल नागरिकता मक्किएका, हराएका, च्यातिएको कारण धेरैले यो बर्ष प्रतिलिपी लिएको हुन सक्ने ढुङगेलले जानकारी दिए ।
१७९ दु्रतबाट राहदानी
यस्तै, कार्यालयले १ सय ७९ वटा दु्रत राहदानी सेवा पुरयाँँई आर्थिक बर्ष २०७७-०७८ मा रु ४२ लाख ४९ हजार ७ सय ५० रुपैयाँको राजस्व संकलन गरेको छ । राहादानी शुल्कबाट रु ४२ लाख २७ हजार ५ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २२ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७६-०७७ मा भने राहदानीमार्फत रु ५६ लाख ३० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । भाइरस महामारीका कारण राजस्व संकलन कमी भएको कार्यालयका प्रमुख ढुङगेलले बताए । कार्यालयले गौरादह नगरपालिकासहित गौरीगञ्ज गाउँपालिकाका बासिन्दालाई सरकारी सेवा उपलव्ध गराउदैआएको छ ।
भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयसहित जिल्लाको माइपश्चिमका दमक र गौरीगञ्जमा स्थानीय बासिन्दाहरुको सुविधाका लागि इलाका स्तरका कार्यालयमा सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published.