धनकुटा, ११ साउन । महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिउँसो करिब साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।