मोरङको लेटाङस्थित बुधबारे बजारमा बंगलादेश बैंकको सेवा विस्तार

लेटाङ, १० साउन । नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा सेवा विस्तार गरेको छ। प्रदेश १ का सांसद उपेन्द्र घिमिरे बैकको आठौं बिस्तारित सेवा केकोन्द्र शुभारम्भ गरका छन। उक्त केन्द्रबाट लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ का साथै केराबारी गाउँपालिकाको वडा नम्बर ९ का सर्वसाधरणले सेवा लिन सक्ने बैंकले जनाएको छ।

मोरङ सुगम जिल्लाभएपनि यहाँका दर्गम क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न मद्दत पूग्नुकासाथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स लिन टाढा जान नपर्ने बैंकले जनाएको छ। यस्तै‚ सामाजिक सुरक्षा गायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त बैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.