जङ्गली च्याउ खाँदा इलाममा बुबा छोराको मृत्यु

इलाम १० साउन । फाकफोकथुममा जङ्गली च्याउको खाँदा बाबु–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र निजका छोरा १२ वर्षीय दिवस लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लिम्बु परिवारले गएको साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका र दुवै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

Leave a Reply

Your email address will not be published.