खत्रीले पाए महासचिवको जिम्मेवारी

दमक,१० साउन । बीपी स्टडी युथ सर्कल प्रदेश १ समितिको महासचिवमा दमकका युवा व्यवसायी चन्द्र खत्री मनोनित भएका छन् । बीपी स्टडी युथ सर्कल प्रदेश समितिले उनलाई शनिवार मनोनित गरेको हो ।

मनोनित गरिएका खत्री दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य एवं दमक जेसीजका पूर्व अध्यक्ष लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहिआएका छन् । त्यस्तै, दमक ८ स्थित एलाइड अंग्रेजी बोर्डिङ स्कुलका सञ्चालक समेत हुन् ।
स्व. कोइरालाको जीवन संघर्ष, वीपी विचार, साहित्य, दर्शनलाई उजागर गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले खत्रीसहित दिलीप थापालाई सचिव र यज्ञ भण्डारीलाई सहसचिवमा समेत मनोनित गरिएको संस्थाका अध्यक्ष सचिन शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.