झापामा कोरोनाबाट थप दुई जनाको मृत्यु

दमक,८ साउन । कोरोना संक्रमणबाट आज विहान झापामा थप दुई जनाको मृत्युभएको छ । शिवसताक्षी नगरपालिकाका पूर्व जनप्रतिनिधि ईन्द्र सिंगु र दमकस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षक कोमल सापकोटाको उपचारका क्रममा मृत्युभएको हो ।
शिवसताक्षी वडा नं १० निवासी ५७ वर्षिय सिंगुको आज बिहान घरमै मृत्यु भएको नगरपालिकाका प्रवक्ता नविन इजमले बताए ।गत असार ३१ गते एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा उपचाररत थिए ।
यसैगरि गत असार २९ संक्रमण पुष्टिभएपछि विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचार गरिआएका दमक ८ निवासी ५४ बर्षिय शिक्षक सापकोटाको गएराती उपचारका क्रममा मृत्युभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिन रिजालले बताए । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४१९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.