
पाँँचथर ६ साउन । पाँचथरको फिदिम नगरपालिका–४ स्थित जोरसाल बजार २०१० देखि व्यापारिक केन्द्रको रूपमा विकसित भएको जिल्लाको पुरानो बजार हो । एक दशक अघिसम्म पनि जिल्लाकै व्यापारिक केन्द्रविन्दुका रुपमा रहेको जोरसाल बजारको पछिल्लो समयमा व्यापारिक गतिविधि ह्वात्तै घटेको छ । जोरसाल बजारमा कुनै समय पाँचथर लगायत छिमेकी जिल्लाका हजारौं सर्वसाधारणको किनमेल गर्ने थलो थियो ।
अहिलो जोरसाल बजारलाई मेची राजमार्गले बीच भागमा काटेको छ । तत्कालिन समयमा जोरसाल बाजार जिल्लाकै ठूलो व्यापारिक केन्द्रको रूपमा रहेको स्थानीय तुङ्मप्रसाद भण्डारीको भनाइ छ । ‘उबेला हरेक पर्व र औँसी–पूर्णिमामा समेत जोरसाल बाजारमा मेला लाग्ने गरेको भण्डारीको भनाई रहेको छ । तर अहिले जोरसाल बजार दिनप्रतिदिन सुनसान बन्दैजाँदा चिन्ता बढेर गएको भण्डारीले बताए ।
जिल्लाका यासोक, भारपा, रानीगाँउ सहित तेहथुमको आठराई लगायतका गाउँहरूको मुख्य व्यापारीक केन्द्रविन्दुको रूपमा रहेको बजार अहिले अहिले गाउँ गाउँसम्म पुगेका सडकले नजिकको तराईको जिल्ला झापा सँग जोडिदिएपछि व्यापारिक कारोबार शून्य प्राय बनेको व्यापारिहरूको तर्क छ । तर पनि त्यस बजारका व्यापारीहरुको आशा भने मरेको छैन ।
अहिले पनि उनिहरु बजारको पुरानो साख फर्कने झिनो आशा पालेर थोर बुहत व्यावसाय सञ्चालन गरिनै रहेका छन । केही बर्षअघिसम्म घरै पिच्छे पसल रहेको जोरसलाममा अहिले नगन्यरुपमा ३, ४ वटा चियापसल र केहि किराना पसल मात्र बाँकी छन । बजार चल्न छाडेपछि यहाँका कतिपय व्यापारीहरू पलायन भएका छन् भने केहीले व्यापार व्यवसायनै परिवर्तन गरेर बिकल्प तिर लागेका छन् । व्यापार व्यवसाय शून्य बन्दै गएपछि बजार पनि खुम्चिदै गएको छ ।
बजारमा अहिलेपनि पुराना शैलीका झिँगटिका छाना भएका घरहरू देख्न सकिन्छ । त्यो बेला मेची राजमार्गको कारण मौलाएको जेरसाल बजार अहिले ग्रामीण सडकको विकास सँगै सुस्ताएको छ । सडक विस्तारले जिल्लाका ग्रामीण क्षेत्रहरूमा कतै नयाँ बजार विस्तार गरेको छ भने केही पुराना बजारहरूलाई विस्थापित हुने सम्मको अवस्थामा पुरयाएको छ ।