न्यौपाने बन्धुहरुको सामूहिक गोठपूजा सम्पन्न

दमक,१५ पुस । दमकमा बसोबास गर्दै आएका न्यौपाने बन्धुहरुको सामूहिक (उधौली ) गोठपुजा तथा बन्धु भेला सम्पन्न भएको छ ।दमक -१० स्थित न्यौपाने बन्धु समाजका जग्गादाता खडग प्रसाद न्यौपानेको घर गोठमा सामूहिक गोठपुजा तथा बन्धु भेला सम्पान्न भएको हो ।
न्यौपाने बन्धु समाज नेपालका केन्द्रिय परिषद सदस्य डम्बरुबल्लभ न्यौपाने, समाजका झापा जिल्ला अध्यक्ष गोबिन्दराज न्यौपाने, नगर अध्यक्ष बाबुराम न्यौपानेको बिशेश उपस्थितिमा भएको बन्धु भेला न्यौपाने बन्धु समाज नगर समिति दमकको आयोजना तथा १० नम्बर वडा समितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको स्थानीय नगेन्द्रमणि न्यौपानेले जानकारी दिए ।
दमकमा बसोबास गर्दै आएका न्यौपाने बन्धुहरुले गत बर्षको उभौलीदेखि १० नम्बर वडामा सामूहिक पूजा गरिआएको समाजका नगर अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिए।
गोठपूजामा दमक लगायतका आसपासक्षेत्रका न्यौपाने बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.