राजगढ पोलिक्निकमा २८१ जनाले निःशुल्क स्वास्थ्य जाँच

झापा, १६ पुस । बाह्रदशी गाउँपालिका – ३ स्थित राजगढमा रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्द्या धेरै उच्च रक्तचाप,मधुमेह, पेट, छाती र दमका विरामी धेरै रहेको ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक पदम राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार रक्तचाप,मधुमेह जस्ता रोगीको संख्या १ सय २९ जना रहेको बताइएको छ । त्यस्तै नाक , कान, घाँटी सम्वन्धी विरामीको संख्या ५७ जना र हाड जोर्नी तथा नसाका विरामीको संख्या ९५ जना पाइएको छ । उनीहरुलाई झण्डै एक लाख मूल्य बरावरको निःशुल्क औषधि समेत बितरण गरिएको छ ।

शिविरमा डा पोषण रमण त्रिपाटी,निरज रौनियार, प्रविण तिम्सिनाले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा सहभागीलाई रगत परीक्षणमा र भिडियो एक्स – रे मा समेत २५÷२५ प्रतिशत छुट दिइएको थियो ।

हरेक वर्ष ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’का सञ्चालक राजवंशीले आफ्नो जन्म दिनको अवसर पारेर त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क स्वास्य शिविरको आयोजना गर्दै आएक छन् । यस वर्षपनि उनले आफ्नो जन्म दिनको अवसरमा शिविरको आयोजना गरेका थिए ।

ज्येष्ठ नागरिक संघ बाह्रदशी २ ले दोस्रो वडा अधिवेशन सम्पन्न

ज्येष्ठ नागरिक संघ बाह्रदशी २ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेको ज्येष्ठ नागरिकको सहभागीता रहेको थियो । सो समारोहमा बाह्रदशी गाउँपालिकाका ज्येष्ठ नागरिक संघका अध्यक्ष शेरवहादुर तामाङ, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलााल, वाह्रदशी गाउँपालिका वडाा नम्वर २ का निर्वतमान वडाध्यक्ष याादव मिश्र, ज्येष्ठ नागरिक संघ वाह्रदशी गाउँपालिका सदस्य दुर्गादेवी नेपाल, चेतप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नरेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.