दमक ,१५ पुस । दमक जेसीज वर्ष -२०२४ को अध्यक्षमा रामचन्द्र अधिकारी चुनिएका छन् । शनिवार साँझ सम्पन्न दमक जेसीजको ४३ औ साधारणसभाको निर्वाचन कार्यक्रमबाट उनी वर्ष २०२४ को अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।यसअघि उनी महासचिव थिए ।
निर्विरोध निर्वाचित समितिको द्धय कार्यकारिणी उपाध्यक्षमा उमेश गजमेर, लोकनाथ सापकोटा ,चार उपाध्यक्षहरुमा पंकज पोख्रेल, पुजन चौधरी ,कृष्ण भट्टराई र विशाल अधिकारी चुनिएका छन् । यसैगरि, तालिम निर्देशकमा सरोज ढकाल र जनसम्पर्क अधिकारीमा साजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित समितिले महासचिव,कोषाध्यक्ष लगायतका पदहरुमा मनोनित गर्ने गठित निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्ष सुयोग खरेलको संयोजकत्वमा गठित निर्वाचन समितिले यहि पुस १२ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रम तय गरेको थियो ।