प्रहरी चौकी खेवाङको कार्यालय भवन उदघाटन

ताप्लेजुङ, १५पुस । नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रहरी चौकी खेवाङ ताप्लेजुङको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।
कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रम बीच गिरीले कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।
प्रहरी चौकी खेवाङको नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित रकम १ करोड ८५ लाख ७२ हजार १ सय ५० रुपैँया ४१ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त उदघाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, नागरिक समाज तथा स्थानीयबासीहरु समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.