गृहमन्त्रीको राजीनामा माग्दै दमकमा प्रर्दशन

दमक,१४ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरिआएको राष्ट्र राष्ट्रियता ,धर्म ,संस्कृति तथा नागारिक बचाउ महाअभियान दमक नगर समितिले शनिवार दमकमा गृहमन्त्रीको राजीनामा माग राख्दै प्रर्दशन निकालेको छ ।
दमकको गोर्खा डिपार्टमेन्टबाट नारावाजी गदैं निकालिएको विरोध रयाली दमकको मुख्य गणतन्त्र चौंकमा आएर संक्षिप्त कोणसभा गरि समापन गरिएको महाअभियान दमकका अध्यक्ष कुमार नेपालले बताए । उनीहरुले काठमाडौमा प्रहरीको ज्यादतीबाट दुई जना युवाको मृत्युको घटनामा संलग्न गृह प्रशासन सम्हालेका गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रर्दशन गरेका हुन् ।
संक्षिप्त कोणसभामा महाअभियानका अगुवाहरुले हातमा पासपोर्ट बोकेर विदेश जान लागेकाहरुमाथि प्रहरीले गरेको बर्बर दमन कुनै पनि हालतमा चित्तबुझदो नभएको भन्दै गृहमन्त्रीले नैतिकताका आधारमा कुर्सी छाड्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published.