सिंहदेबी माविले मनायो ५६ औ बार्षिकोत्सव

-नगेन्द्रमणी न्यौपाने

दमक,१४ पुस । दमक -१० मा रहेको सिंहदेबी माध्यमिक बिद्यालयले आफनो ५६ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।बिधालयले पुस ११ गते देखि १३ गते सम्म बिभिन्न कार्यक्रम गरि आफ्नो बार्सिकोत्सव मनाएको हो ।

संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा आयोजित बार्षिकोत्सवमा बिद्यार्थीहरुका बिच प्रतियोगितात्मक साहित्यिक तथा नृत्य प्रस्तुत गरिएको थियो । यसै गरि सोही कार्यक्रममा अभिभावकहरुका बिच विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि सञ्चालन गरिएको थियो । कार्यक्रमको समापनमा दमक नगर भरिका माध्यमिक बिधालयस्तरिय प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा सिंहदेबी प्रथम, कृष्ण मावि द्धितीय र ढुकुरपानी मावि तृतिय भएका थिए। प्रतियोगिताका बिजेतालाई संविधानसदस्य लिम्बूले नगद पुरस्कार बितरण गरिन् ।

सो कार्यक्रममा विद्यालयमा चार जना अक्षयकोष दाता सहित एक दर्जन बढि बिद्यालय ब्यवस्थापन समितिका पूर्वसदस्यहरुलाई समेत सम्मान गरिएको अध्यक्ष प्रेम प्रसाद न्यौपानेले जानकारी दिए ।
यसैगरी बिद्यालयले यसै वर्षवाट बर्ष उत्कृष्ट शिक्षक छनौट गरि दुई जना शिक्षकद्धय घनश्याम अधिकारी र जमुना खरेललाई समेत पुरस्कृत गरिएको थियो ।२०२५ सालमा स्थापना भएको यस बिद्यालयमा ५ सय २९ जना बिद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक हरिनारायण अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.