दमक,१५ पुस । दमक युथ क्लबको नयाँ नेतृत्व चयन भएको छ । इलामको चुलाचुलीस्थित चपेटीमा क्लवले आज आयोजना गरेको बनभोजसहितको साधारणसभाले पारष आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । युवा व्यक्तित्व आचार्य दमक बहुमुखी क्याम्पसका प्राध्यापक समेत हुन् ।
सर्वसम्मत निर्वाचित समितिको निबर्तमान अध्यक्षमा काजी लाम्गादे,उपाध्यक्षमा अर्जुन आचार्य ,सचिवमा सन्जित रौनियर , सहसचिवमा प्रविण जैसवाल र
कोषाध्यक्षमा राजु श्रेष्ठ चुनिएका छन् । यसैगरि,सदस्यहरुमा विवेक लाम्गादे, सुमन खतिवडा , सन्तोष थापा र सुजित शाह चुनिएका छन् ।२०७१ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको क्लवका नवनिर्वाचित अध्यक्ष आचार्यले बताएका छन् ।
साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाई, उपसभापति सागर खनाल, सचिव दिपेश दाहाल,प्रदेश सभा (२ ) का सभापति रवि न्यौपाने, क्लवका संरक्षक, पदाधिकारी,सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।