कम्बोडियाको क्यासिनोमा जलेर झापा, बिर्तामोडका पाण्डेको मृत्यु

झापा, १५ पुस । कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएपछि अहिले बिर्तामोड शोकमा डुबेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो । जब बहुतले क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे । उनले घरमा भाइबरमा भिडियो कल गरे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाए । आफू रहेको कोठाबाट हाम फाल्न बाहेका अर्को विकल्प नभएको उनलाई परिवारका सदस्यलाई सुनाएका थिए ।
तर, घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उनले आफ्नो करिब ९ वर्षको छोरालाई सम्झाए ।
‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा, लीला मामुलाई माया गर्नु ।’ उनले भिडियो कलमा छोरालाई सम्झाउँदै भनेका थिए ।

उनले गरेको भिडियो कल सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडियोमा बाहिरबाट धुवाँ आइरहेको स्पष्ट देख्न सकिन्छ । बोल्दाबोल्दै उनलाई धुवाँले निकै गाह्रो बनाएको भिडियोमा देखिन्छ ।
मृत्यु आफ्नै देखेका उनले एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा भएका छन् । सानो छोरालाई ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उनले गरेका छन् ।

उनले भनेका छन्, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’

Leave a Reply

Your email address will not be published.