गौरादह रेडक्रस उपशाखा सभापतिमा बाँस्तोला

गौरादह, १५ पुस । नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।१५ औ उपशाखा सभाको सम्पन्न निर्वाचन कार्यक्रमबाट ११ सदस्यीय निर्विरोध निर्वाचित कार्यसमितिको सभापतिमा भीमबिजय बाँस्तोला , उपसभापतिमा निर्मला रिमाल, सचिवमा सन्तोष कार्की, उपसचिवमा क्रान्तीदिप काफ्ले, कोषाध्यक्षमा ज्ञानेन्द्रप्रसाद लोहनी र उपकोषाध्यक्षमा लिलानाथ गौतम चयन भएका छन् ।
यसैगरि सदस्यहरु बेदु भण्डारी, देवेन्द्रकुमार खड्का, भेषराज दाहाल ,चेतनाथ दुलाल र महिला सदस्यमा सिर्जना शर्मा चौहान निर्वाचित भएको निर्वाचन अधिकारी ओमप्रकास गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.