निरौलालाई महासचिवमा उम्मेदवारी बनाउने निर्णय

दमक ,१४ पुस । नेपाल प्रेस युनियनको प्रदेश १ को आसन्न अधिवेशनमा झापाका पत्रकार ज्ञानेन्द्र निरौलालाई महासचिव पदमा उम्मेद्वार बनाउने निर्णय भएको छ ।
प्रेस युनियन झापाका कार्यवाहक सभापति गिरीराज भट्टराईको सभापतित्वमा बुधबार बसेको बैठकले पुस २३ र २४ गते बिराटनगरमा हुने प्रदेश अधिवेशनमा निरौलालाई महासचिवमा उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाका रूपमा रहेको प्रेस युनियनको प्रदेश समितिको पदाधिकारी पदमा झापाका खेम बराललाई पनि उम्मेद्वार बनाउने निर्णय गरेको सभापति भट्टराईले बताए । युनियनको प्रदेश अधिवेशनमा ३०० बढी मतदाता हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.