हात्तीबाट ज्यान गुमाएका परिवारलाई राहत दिन कांग्रेसको माग

शिवसताक्षी, १३ पुस । नेपाली कांग्रेस शिवसताक्षीले हात्तीको आक्रमणबाट मृत्यु भएका शिवसताक्षीका ४५ वर्षिय मेघराज राईको परिवारलाई तुरुन्त क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
कांग्रेस शिवसताक्षीका कार्यवहाक सभापति सन्तकुमार फेउदिनले आज विज्ञप्ति निकालेर मृतक परिवारलाई सरकारले दिने क्षतिपूर्ति, क्षतिग्रस्त घरको पुनः निर्माणका लागि तत्काल राहत उपलव्ध गराउन माग गरेको हो ।
शुक्रबार विहान पौने दुई वजे स्थानीय वडा नम्बर ११ सृष्टि टोल निवासी राईको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।शिवसताक्षीको वडा न. १, ८, ९, १० र ११ नम्बर वडाका उत्तरी बस्तीसंगै रतुवामाई वृक्षारोपण आयोजनाको जंगल रहेकाले त्यहाँ हात्तीको उपद्रो हुदैआएको छ ।
पछिल्ला साता सो जंगलमा त्यहाँ एक हुल हात्ती रहेको र साँझ परेपछि आहारको लागि मानव बस्ती पस्ने गरेको छ । ती हात्ती मानव बस्ती पसेपछि घर भत्काउने, भण्डारण गरेका अन्नपात खाने, छर्ने, अङ्ग —भङ्ग बनाउने र ज्यानै लिनेसम्म घटना हुदै आएपछि बस्ती प्रभावित बासिन्दालाई सर्तकता अपनाउन समेत कांग्रेसले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.